सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो बागलुङ, गलकोट नगरपालिका-३ बतासेडाँडास्थित सडकमा ग.८ प १२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  सडकदेखि करिब १ सय मिटर तल खस्दा दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा चालक सोही नगरपालिका-३ हटिया बस्ने ३५ वर्षीय गणेश परियारको घटनास्थलमै मृत्यु भएको छ। त्यसैगरि कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-५ क्याम्पस रोडमा म.१ क १७७ नम्बरको बस र सु.प.प्र.०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-४ किचाई बस्ने २८ वर्षीय मदन बहादुर सिंह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पताल र  अन्य १ जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Logo