#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30605311954149739408022257082
नेपाल615933901738343820

अध्यक्षबाटै नेकपाको आचारसंहिता उल्लघंंन

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको आचारसंहिता उल्लघंन गरेका छन् ।

प्रम ओलीले ६९ औँ जन्मदिन मनाउन गाउँ जाने क्रममा हेलिकप्टरको प्रयोग गर्ने, पारिवारिक सदस्यबाहेकका आसेपासे तथा कार्यकर्तालाई जन्मदिनमा सहभागी गराउने आदि कार्य गर्दै पार्टीको संहिता उल्लघन गरेका हुन् ।

प्रधानमन्त्री ओली आइतबार दिउँसो आठराई गाउँपालिका वडा नं ४ इवास्थित जन्मघर पुगेका थिए । उनी पाँचथरबाट हेलिकोप्टरमार्फत त्यहासम्म आएका हुन् ।

गत माघ ६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ११ बुंदे आचारसंहिता जारी गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हस्ताक्षर गरेका छन् ।

आचारसंहितको बुँदा नम्बर २ मा परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनेदेखि हेलाहोचा गर्ने र एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्देज गरिएको छ । साथै छोरी, छोराको विवाहलाई सरल बनाउने र जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै संहिताको बुंदा नम्वर ९ मा प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नु पर्ने उल्लेख गरिएको छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ टोल सहरबजार, स्कुल, कलेज सबै ठाउँ र संस्थानहरुमा यस किसिमको जीवनशैलिका निम्ति प्रोत्साहन गर्नुपर्ने उल्लेख छ त्यस्तैगरी आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्ने समेत उल्लेख छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार