नेप्से सूचक दाेहाेराे अंकले घटेर १९ सयमा झर्‍यो

नेप्से सूचक दाेहाेराे अंकले घटेर १९ सयमा झर्‍यो


सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो । 

यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर रहेको देखाएको छ । सूचकका साथमा कारोबार रकम पनि कमजोर बनेको छ ।

यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् । 

Logo