#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32644627990797757800524075825
नेपाल706144591828951866

‘सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भिर छानबिन हुनु पर्छ’ : कांग्रेस नेता महत

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भिर छानबिन हुनुपर्ने बताएका छन् ।

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भिर छानबिन हुनुपर्ने बताएका हुन् । उनले यो विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए । ‘हामीले यो प्रकरणमा विरोध गरिरहेका छाँै । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन्, सबै भ्रष्टाचारका काण्डबारे संसदमा जवाफ दिनुपर्छ । सबै काण्डहरुमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’, उनले भने ।

महतले एमसीसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त गरे । नेपालको विकासमा ठुलो रकम पहिलो पटक अनुदानमा आएको उल्लेख गर्दै महतले यसमा कुनै अमेरिकी सैन्य गठबन्धनको कुरा नभएको प्रष्ट पारे । महतले एमसीसीमा नेपाल मात्रै नभएर अन्य धेरै देशहरु संलग्न रहेको भन्दै महतले सन् २०१७ मा सम्झौता भएको भएपनि सन् २०२० मा आएर राष्ट्रघाती देख्नेहरुले तीन वर्ष के हेरेर बस्नुभयो ? भनेर प्रश्न समेत गरे ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुले यसमा आवश्यक संशोधन गरी पारित गर्नुपर्ने बताउदै आएका छन् । नेकपाको केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्न कार्यदल नै बनाएको थियो । कार्यदलले शुक्रबार मात्रै सुझावसहित पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । नेकपाको सचिवालयमा छलफल गरी पारित गर्ने विषयमा निर्णय हुने नेकपाले बताएको छ ।

सम्बन्धित समाचारहरु