#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।कागेश्वरी मनोहरामा अवस्थित अक्षरा स्कुलले आयोजना गरेको एकदिने ‘दोस्रो अक्षरा एक्स्पो’ सफलतापूर्वक सम्पन्न भएको छ ।विद्यार्थीहरुले कक्षाकोठाभित्र पठनपाठन गर्ने क्रममा सिकेका प्रयोगात्मक शिक्षाहरु आफ्ना अभिभावक, शिक्षक र अन्य विद्यालयका समकक्षी साथीहरुमाझ प्रदर्शन गराउने उदेश्यसहित उक्त एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोमा उपत्यकाका विभिन्न १६ वटा विद्यालयका उत्साहजनक सहभागिता रहेको थियो ।अक्षराका विद्यार्थीहरुले आफ्नो क्षमता र रुचि अनुसार नेपाली, अंग्रेजी, गणित, सामाजिक, प्राविधिक शिक्षामा आधारित रहेर जम्मा ५५ वटा स्टलमा विभिन्न खेलहरु मार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।अक्षराले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थीहरुको सर्वाङ्गिण बिकासका लागि पढाइका साथसाथै विभिन्न प्रयोगात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ । यस विद्यालयका सम्पूर्ण शिक्षकशिक्षिका पनि परम्परागत रुपमा नभई आधुनिक शैलीबाट विद्यार्थीहरुलाई पठनपाठन गराईनुपर्छ भन्ने धारणा राख्छन् । त्यसैको प्रत्यक्ष उदाहरण अक्षराका विद्यार्थीहरुमा देखिएको आत्मविश्वास, नेतृत्व शक्ति, प्रतिभा, संचार कौशल हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

कागेश्वरीको अक्षरा स्कुलमा ‘दोस्रो अक्षरा एक्स्पो’ सम्पन्न (भिडियोसहित)

काठमाडौं ।

कागेश्वरी मनोहरामा अवस्थित अक्षरा स्कुलले आयोजना गरेको एकदिने ‘दोस्रो अक्षरा एक्स्पो’ सफलतापूर्वक सम्पन्न भएको छ ।

विद्यार्थीहरुले कक्षाकोठाभित्र पठनपाठन गर्ने क्रममा सिकेका प्रयोगात्मक शिक्षाहरु आफ्ना अभिभावक, शिक्षक र अन्य विद्यालयका समकक्षी साथीहरुमाझ प्रदर्शन गराउने उदेश्यसहित उक्त एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोमा उपत्यकाका विभिन्न १६ वटा विद्यालयका उत्साहजनक सहभागिता रहेको थियो ।

अक्षराका विद्यार्थीहरुले आफ्नो क्षमता र रुचि अनुसार नेपाली, अंग्रेजी, गणित, सामाजिक, प्राविधिक शिक्षामा आधारित रहेर जम्मा ५५ वटा स्टलमा विभिन्न खेलहरु मार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।

अक्षराले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थीहरुको सर्वाङ्गिण बिकासका लागि पढाइका साथसाथै विभिन्न प्रयोगात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ । यस विद्यालयका सम्पूर्ण शिक्षकशिक्षिका पनि परम्परागत रुपमा नभई आधुनिक शैलीबाट विद्यार्थीहरुलाई पठनपाठन गराईनुपर्छ भन्ने धारणा राख्छन् । त्यसैको प्रत्यक्ष उदाहरण अक्षराका विद्यार्थीहरुमा देखिएको आत्मविश्वास, नेतृत्व शक्ति, प्रतिभा, संचार कौशल हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

 

सम्बन्धित समाचारहरु