#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31829935976356742233623431243
नेपाल678044361741449954

महाशिवरात्रीमा पशुपति आएका साधुसन्तहरुको विदाई

काठमाडौं ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ ।

महाशिवरात्रीको अवसरमा छिमेकी भारत लगायत विभिन्न ठाउँबाट आएका ५ हजारभन्दा बढी साधुसन्तहरुको आइतबार विदाई गरिएको हो । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित सन्तहरुको बिदाइ गरेको हो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ५ हजारभन्दा बढी साधुसन्तहरुको विदाई गरिएको बताए । विभिन्न श्रेणी अनुसार १ हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाई गरिएको उनले बताए । गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षिणा दिएर उनीहरुको विदाई गरिएको हो ।

साधुसन्तहरुका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो । विभिन्न ठाउँबाट आएका सन्तहरुको खाना तथा बस्नको व्यवस्था शिवालय क्षेत्रमा गरिएको थियो । त्यसको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ । विदाई समारोहमा दक्षिणाको विषयमा असन्तुष्टि जनाउँदै केही साधुसन्तहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार