#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30691801956421740087422334506
नेपाल615933901738343820

कांग्रेसको छायाँ सरकारले सक्रियता बढाएकोदेखि मिथिला परिक्रमा सुरुसम्म (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये ७० करोड बढी कमिसनका लागि ‘बार्गेनिङ’ गर्दै गरेको निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो काण्ड त्यसै नसेलाउने भएको छ । अब यस काण्डलाई नेपाली कांग्रेसको छाया सरकारले चर्काउने निर्णय गरेको छ भने उनी विरुद्ध अख्तियारमा समेत उजुरी परेको छ ।

यस्तै अनेकतामा एकताको विशिष्ट उदाहरण मानिने मिथिला परिक्रमा आजदेखि जनकपुरधाममा शुरू भएको छ । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न हुने गर्दछ ।

यता दक्षिण कोरियामा अहिले ४० हजारको हाराहारीमा नेपालीहरु छन् । तर कोरोना संक्रमणका कारण दक्षिण कोरियामा त्राससँगै जोखिम बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन जन्मस्थल तेह्रथुम पुगेर मनाएका छन् ।

यस्तै आउँदो फागुन १५ मा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले विवाह गर्ने भएका छन् । थप समाचार हेरौं यो भिडियोमा :

 

 

सम्बन्धित समाचारहरु