कमल थापाले तय गरे केन्द्रीय समिति बैठकका एजेन्डा

कमल थापाले तय गरे केन्द्रीय समिति बैठकका एजेन्डा


राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रिय समिति बैठकका लागि एजेन्डा तय गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु तय गरी पारित गरेको हो। 
 
अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको बिषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न उपाध्यक्ष प्रा.डा‍‍‍‍‍.बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

साे पार्टीले यसअघि संवैधानिक राजतन्त्रकाे एजेन्डा छाडेकाे थियाे।तर, अब साे एजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिएपछि अबकाे केन्द्रिय समितिमा ब्यापक छलफल हुनेछ। 
 
यसै गरि बैठकमा संगठन सम्बन्धि प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख राजाराम बर्तौलाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गर्ने प्रस्तावसमेत पास गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले बताए। 

प्रवक्ता अधिकारिका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताइएको छ।

Logo