#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30601808954066739827522249467
नेपाल615933901738343820

भारतमा बस दुर्घटनामा परी निधन भएकाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

फाइल फोटो/नेपाली कांग्रेस पार्टी कार्यालय

काठमाडौं ।

नेपाली काँग्रेसले तीर्थयात्राका लागि भारत गएका छ जना नेपाली बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ ।

तीर्थयात्राका लागि भारत गएका कम्तीमा ६ जना नेपालीको यही फागुन ८ गते भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए । उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत दुर्घटनामा जीवन गुमाएकाहरुको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार