#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31253976965193745015422838629
नेपाल641224111747846233

‘व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान संशोधनको तयारी’–प्रवक्ता शर्मा

फाइल फोटो

काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत स्वार्थका लागि संविधान संशोधनको तयारी भएको आरोप लगाएका छन् ।

आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले सो आरोप लगाएका हुन् । उनले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् –‘मधेसले माग्यो संविधान संशोधन, भनियो हुन्न ।

जनजातिले मागे हुन्न भनियो दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु ?

शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने बाटो खोल्ने तयारी गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान संशोधन गर्न आवश्यक गृहकार्य गर्नका लागि कमिटी गठन गर्ने प्रस्ताव गरेका थिए ।

तीन सदस्यीय कमिटीमा माधवकुमार नेपाल संयोजक रहेका छन् भने खिमलाल देवकोटा र सुवासचन्द्र नेम्वाङ सदस्य रहेका छन् ।

सम्बन्धित समाचारहरु