#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31470344968865740799823093481
नेपाल652764271761147238

टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं ।

टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनासँग ३९ लाख ५६ हजार ठगी गरेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पैसा लिएर फरार भएका उनलाई महाशाखाको टोलीले काठमाडौँको टेकुबाट पक्राउ गरेको थियो ।

आवश्यक अनुसन्धानपछि उनलाई थप कारवाहीका लागि आइतबार नै वैदेशिक रोजगार विभागमा बुझाइएको महाशाखाले जनाएको छ । उनीविरुद्ध गोपीराम पराजुलीले माघ १२ गते ठगीको उजुरी दिएको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
रासस

सम्बन्धित समाचारहरु