शिव श्री हाइड्रोपावर ३० करोड ८८ लाख घाटामा

शिव श्री हाइड्रोपावर ३० करोड ८८ लाख घाटामा


गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँ नोक्सान व्यहोर्नु परेको छ।

यो कर तिर्नुभन्दा अघिको नोक्सान हो। अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। अघिल्लो वर्षको तुलनामा नोक्सानी घटेको हो। विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानीमा केही कमी आएको हो।अघिल्लो वर्ष २४ करोड ४६ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा गत वर्ष बढेर ३५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९२ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ। चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ छ। यसको जगेडा कोष ८७ करोड ९७ लाख रुपैयाँ ऋणात्मक छ ।

Logo