#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31565811970800742553723169474
नेपाल666324291814248061

टर्कीमा आएको भूकम्पमा सात जनाको मृत्यु

टर्की ।

टर्कीमा आएको भूकम्पमा परी सात जनाको मृत्यु भएको छ ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारी अनुसार मृत्यु भएका मध्ये तीन जना बालबालिका रहेका छन् ।

भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।

उनले भूकम्पपछि भत्किएका भौतिक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको पनि जानकारी दिए । पुरिएकाको खोजीकार्य भइरहेको पनि उनले बताए ।

छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो ।
रासस

सम्बन्धित समाचारहरु