#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30775245957668740893522408642
नेपाल627974011712945267

पाँच दिनमा सगरमाथा आरोहण गर्ने चार युवाको अठोट (भिडियोसहित)

काठमाडौँ ।

चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् ।

संखुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन् । आठपटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथा तर्फ लागेको छ ।

आरोही टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालमा खिच्न विन्टर सिजन अर्थात जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताए । उनले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभएपनि निकै छोटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहयोग पुर्‍याउन खोजिएको बताए ।

आरोही शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा वीरलै हुने गरेको र यसअघि सन १९८० र सन १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताए । तर यसपटक आफूहरुले यहि फेब्रुअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचारहरु