पञ्चायत कालको ट्याक्सी र अहिलेको ट्याक्सीमा के फरक छ? [भिडियाे]

पञ्चायत कालको ट्याक्सी र अहिलेको ट्याक्सीमा के फरक छ? [भिडियाे]


ट्याक्सी चढ्नु पञ्चायत कालमा होस् या आज आर्थिक हिसाबले आम मानिसका लागि सहज विषय भने पक्कै होइन। तर पनि ट्याक्सी सार्वजनिक यातायातको रुपमै चलिरहेको रहेको छ। अझै पनि कम आयस्रोतका मानिसहरु ट्याक्सी चढ्नु अघि आफ्नो थैली हेर्ने गर्दछन्।

२०२४ साल चैतसम्ममा उपत्यकामा एक हजार दुई सय भाडाका मोटरमध्ये नौ सय मोटरमा टाटेपाटे बाघ रंग रंगाइएको थियो ।

पञ्चायतकालदेखिनै सार्वजनिक सवारी साधनको रुपमा प्रयोग हुँदै आएको ट्याक्सीको बिशेषता पञ्चायत कालमा कस्तो थियो र अहिले कस्तो छ? यही बिषयलाई समेटेर आज हामी प्रकृती अधिकारीद्धारा तयार गरिएको नेपालका पुराना ट्याक्सीका बारेमा चर्चा गर्नेछौँ । 

कसरी परिवर्तन भयो नेपालको ट्याक्सी नीति ?

सरकारले २०२४ साल चैत मसान्तभित्र साविकको बागमती अञ्चलमा भाडाका ट्याक्सीमा टाटेपाटे बाघ रंगले रंगाइसक्नुपर्ने नीति ल्यायो । २०२४ साल चैतसम्ममा उपत्यकामा एक हजार दुई सय भाडाका मोटरमध्ये नौ सय मोटरमा टाटेपाटे बाघ रंग रंगाइएको थियो ।

असार मसान्त पनि गुज्रियो तर टेक्सी चालक आ-आफ्ना अडानमा थिए। त्यसपश्चात २०२५ साल असोज ७ गते नेपाल मजदूर संगठनका केन्द्रीय सभापति माधव पोखरेलको सभापतित्वमा ग्रीन होटेलमा बैठक बस्यो।

नेपाल यातायात मजदूर सभाका प्रतिनिधि मण्डलले २०२४ साल चैत २८ गते तत्कालीन गृहपञ्चायत तथा सूचना प्रसारमन्त्री गेहेन्द्रबहादुर राजभण्डारीसँग भेटेर म्याद थपका लागि अनुरोध गरेका थिए। अनुरोधपछि तोकिएको समयलाई बढाएर २०२५ साल असार मसान्तसम्ममा सबै ट्रयाक्सीहरु रंगाइसक्नुपर्ने नियम बनाइएको थियो। 

त्यसपछि पुनः २०२५ साल वैशाख १७ गते बागमती अञ्चल डिआइजिपी कार्यालय सवारी शाखाले असार मसान्तसम्ममा त्यस्ता सवारी साधनमा टाटेपाटे बाघ रंगले रंगाइसक्नुपर्ने र नरंगाउने सवारी साधनमाथि प्रतिबन्ध लगाइने सूचना जारी गर्‍यो।

तर पछि २०२५ साल असार ३० गते गोरखापत्रमा “एउटा टेक्सी चढ्ने” नामबाट सम्पादकलाई चिठ्ठी छापियो। उक्त चिठीमा गरिब टेक्सीवाललाई बाघ रंग रंगाउन लगाएर विनासित्ती किन पैसा खर्च गर्न लगाएको ? भन्दै एउटा मोटरको रंग फेर्न पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म लाग्ने उल्लेख गरिएको थियो।

असार मसान्त पनि गुज्रियो तर टेक्सी चालक आ-आफ्ना अडानमा थिए। त्यसपश्चात २०२५ साल असोज ७ गते नेपाल मजदूर संगठनका केन्द्रीय सभापति माधव पोखरेलको सभापतित्वमा ग्रीन होटेलमा बैठक बस्यो।

बैठकमा बाघ रंग लगाउँदा रंग उडेर जाने र बढी खर्च लाग्ने भएकाले ट्याक्सी शब्द लेखिएको बोर्ड राख्नु नै उचित हुने निर्णय गरियो र त्यसैमा सबैको सहमति भयो। 

तर फेरि कात्तिक १ गते बागमती अञ्चलाधिस कार्यालयका प्रतिनिधि, प्रहरी तथा ट्याक्सी मोटर मालिकको बैठकले बाघ रंग नै लगाउने निर्णय गर्यो । अन्ततः बाघ रंग नरंग्याएर ट्रयाक्सी मालिकले सुखै पाएनन्। 

२०४६ सालको प्रजातन्त्रपछि छानामा पहेंलो रंग्याउने चलन पनि क्रमशः हट्या र त्यसको सट्टामा छानामा ट्याक्सी लेखिएको झुन्ड्याउने चलन चलाइयो।

पछि ट्रयाक्सीमा टाटेपाटे बाघका रंग लगाउने चलन पनि हट्यो। त्यसपछि ट्याक्सीको छानामा पहेंलो रंग लगाउने चलन चलाइयो। त्यो चलन अन्तर्राष्ट्रिय थियो। २०४६ सालको प्रजातन्त्रपछि छानामा पहेंलो रंग्याउने चलन पनि क्रमशः हट्या र त्यसको सट्टामा छानामा ट्याक्सी लेखिएको झुन्ड्याउने चलन चलाइयो। तर केही वर्ष यता भने ट्याक्सीको छानामा कालो अक्षरले ट्याक्सी लेखिएको बोर्ड मात्रै राख्ने चलन चलेको छ। 

Logo