त्रिशुली बस दुर्घटना अपडेटः उद्दार गरिएकामध्ये १३ जनालाई काठमाडौं ल्याइयो

त्रिशुली बस दुर्घटना अपडेटः उद्दार गरिएकामध्ये १३ जनालाई काठमाडौं ल्याइयो


काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रहरीले घटनास्थलबाट १७ जनाको उद्दार गरेको छ । 

दुर्घटनामा परी मृत्यु भएका तथा घाइते भएकाको परिचय खुल्न बाँकी छ ।  

दुर्घटना स्थलबाट उद्धार गरिएका १७जनामध्ये १३ जनाको थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्तु जयसवालले जानकारी दिए । थप चार जना घाइतेको धादिङकै राजमार्ग अस्पतालमा उपचार भइरहेको छ । 

सूचना अधिकारी जयसवालकाअनुसार मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुष छन् । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको छ । 

बुधबार बिहान सवा ११ बजे प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस दुर्घटनामा दुर्घटनामा परेको हो । बाढी आएको त्रिशुलीमा बस खसेकाले प्रहरीले बसमा सवार यात्रुको घटनाबारे विस्तृत आउन बाँकी रहेको जनाउँदै उद्दार कार्य जारी राखेको जनाएको छ । 

Logo