#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32447315988230750992423949161
नेपाल693014531843750411

विद्यालयहरुलाई ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न शिक्षामन्त्रीको चेतावनी

फाइल फोटो

काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुलाई ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न चेतावनी दिएका छन् ।

नीजि विद्यालय संञ्चालकहरुको संस्था (प्याब्सन) को १३ औं साधारण सभामा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रले माग गरेको जनशक्ति उत्पादनतर्फ ध्यान दिन आग्रह गर्दै ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा विकास नगर्न चेतावनी दिएका हुन् । उनले देशलाई आवश्यक पर्ने शिक्षा सिक्ने जुनसुकै देशमा जानुपर्ने अवस्था भएपनि राष्ट्रले माग गरेको, देशका लागि सिक्ने र सिकाउने कुरामा जोड दिन आग्रह गरे । अर्काको देशको नक्कल गरेर अगाडी बढ्नुभन्दा गुणात्मक शिक्षाको नेपाली मोडल बनाउनु पर्नेमा मन्त्री पोखरेलले जोड दिए ।

मन्त्री पोखरेलले नीजि र सामुदायिक विद्यालयहरुलाई मर्ज गर्न सकिने प्रस्ताव पनि गरे । गुणस्तरिय शिक्षाका लागि नीजि र सामुदायिक विद्यालय मर्ज गर्न सकिने प्रस्ताव उनले गरेका हुन् । देशभरी रहेका ३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय रहेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री पोखरेलले विद्यालय मर्ज गरेर अबको १० वर्षभित्र गुणात्मक शिक्षा दिने गरी सन्देश दिन आवश्यक रहेको बताए ।

मन्त्री पोखरेलले सबै विद्यालयहरुमा नक्साका विषयमा जानकारी दिँदा एकरुपता अपनाउन आग्रह गरे । पछिल्लो समय सबै राजनीतिक दलहरु समेत यो विषयमा एकमत रहेको उल्लेख गर्दै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्साका विषयमा राम्ररी सन्देश प्रवाह गर्न आग्रह गरे ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारले उच्चशिक्षा अध्ययनका लागि दिने छात्रवृतिमा विभेद गरेको बताए । उच्च शिक्षा अध्ययनका लागि प्राप्त हुने छात्रवृति पाउनका लागि कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने प्रावधान राखेर सरकारले विभेद गरेको उनले बताए ।

नीजि क्षेत्रले शिक्षाका लागि करिब ६ खर्ब लगानी गरेको दावी गर्दै आएको छ । अध्यक्ष पुरीले २ लाख शिक्षक कर्मचारीलाई रोजगारी दिएको र २० लाख विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिएको बताए । राष्ट्रिय पूँजीको विकासमा पनि नीजि क्षेत्रले ठूलो सहयोग गरेको उनको भनाई थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार