गिरिबन्धु टी-स्टेटको जग्गाका विषयमा छानविन गर्न जरुरी छैनः अध्यक्ष ओली

गिरिबन्धु टी-स्टेटको जग्गाका विषयमा छानविन गर्न जरुरी छैनः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरिबन्धु टी-स्टेटको जग्गाका विषयमा छानविन गर्न जरुरी नभएको बताएका छन् ।

बुधबार संसद भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णय र त्यसैलाई अहिले कानून बनाएको भन्दै छानबिन गर्न जरुरी नभएको बताएका हुन् । तर गर्न मनलागे छानविन गर्न पनि उनले सुझाव दिए । 

उनले भने, ‘झापाको चिया बगानमा सहमति छ । अनियमितता कहाँबाट केको लागि । बिना कारण जग्गा दिएको होइन, त्यो सत्ताले त्यतिबेला गरेको र अहिले त्यसैको आधारमा कानून बनाईदिएका छौं । अरु केहि होईन । छानबीन जरुरी छैन् तर गर्न मन लागे गरे हुन्छ ।’ 

अध्यक्ष ओलीले आफूलाई स्तरहीन मान्छेहरुले सुन तस्करी प्रकरणमा जोड्ने प्रयास गरेको भन्दै भने, ‘त्यस्ता खालका स्तरहिन मानिससँग जोडेर मलाई प्रश्न नगर्नुहोस् ।’ सुन तस्करी सधैँका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएपनि अन्ततःसम्झौता गर्नुपरेको उनले बताए। 
 

Logo