#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31568921970911741807023179940
नेपाल666324291814248061

नेपाली हलहरुमा ‘आमा’ र ‘सेन्टी भाइरस’को प्रतिस्पर्धा जारी (भिडियोसहित)

काठमाडौँ ।
यतिबेला नेपाली हलहरुमा चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शन भइरहेका छन् । फागुन ९ गते (महाशिवरात्रि)का दिनदेखि प्रदर्शनमा आएका यी दुई चलचित्रले नेपाली चलचित्र बजारमा लागेको लामो खडेरीलाई केही मात्रामा भए पनि राहत दिलाएका छन् ।

चलचित्र विश्लेषकहरु सेन्टी भाइरस भन्दा चलचित्र आमा बलियो भएको बताइरहेका छन् । उनीहरुले चलचित्र आमाको विषयवस्तु र प्रस्तुतीकरण बलियो भएको बताएका हुन् । तर बजारको विश्लेषण गर्दा सेन्टी भाइरसले निकै राम्रो व्यापार गरिरहेको छ । आमाले तुलनात्मक हिसाबमा सोचेभन्दा कम व्यापार गरिरहेको छ । यसरी दुई राम्रा चलचित्रहरुलाई एकैदिन प्रदर्शनमा ल्याएर भिडाउन खोजिएको भन्दै आलोचना पनि भइरहेका छन् ।

सेन्टी भाइरस निर्माण पक्षले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँग जोडेर चलचित्रको प्रमोशन गरेकाले पनि व्यापार बढेको समिक्षकहरु बताउँछन् । सेन्टी भाइरसबाट आम्दानी भएको ५० प्रतिशत हिस्सा क्रिकेट रंगशालाका लागि सहयोग गरिने निर्माणपक्षले बताएको छ ।

चलचित्र ‘आमा’मा एउटी आमाको संघर्ष, त्याग, बलिदान, माया साथै हस्पिटल ड्रामाको विषयलाई उठान गरिएको छ भने चलचित्र ‘सेन्टी भाइरस’ मा हास्यव्यङग्य ढङ्गले राजनीतिक र सामाजिक विषय उठान गरिएको छ ।

चलचित्र ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन, लेखन तथा छायांकन गरेका हुन् भने, धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचारहरु