#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व660623338855430244313193248
नेपाल2634102334290

कलङ्कीमा ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौँ ।

काठमाडौँको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिए। दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार