#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341671241018880771098425437260
नेपाल778174982089156428

नेपाल बैंकको आठराई शाखा सञ्चालनमा

काठमाडौँ ।

नेपाल बैंक लिमिटेडको आठराई शाखा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक विशेष समारोहबीच सो शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ ।

उद्घाटन पश्चात् तेह्रथुम जिल्ला, आठराई गाउँपालिका– १, सङ्क्रान्ति बजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ कारोवार शुरु भएको छ । शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७ औँ शाखाका रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ कारोवारमार्फत आर्थिक विकासमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले बैंकसँग कारोवार गरी आफ्नो आर्थिक उन्नति गर्न सबैलाई आह्वानसमेत गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध भएकाले बैंकिङ कारोवारमार्फत आफ्नो व्यवसाय विस्तार गर्न र उद्यमी बन्न सबै वर्ग समुदायलाई आग्रह गरे ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले आम नागरिकमा बैंकिङ पहुँच पु¥याउने लक्ष्य अनुरुप देशका विभिन्न स्थानमा विगतमा बन्द भएका शाखाको पुनःस्थापना तथा नयाँ शाखा कार्यालय स्थापना गर्दै बैंकिङ कारोवार गर्दै सबै नेपालीलाई बैंकिङ पहुँच पु¥याउने अभियानमा बैंक रहेको बताए ।

विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्नरुपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ । बैंकले देशका ६३ जिल्लामा रहेका १७७ शाखा, २६ एक्स्टेन्सन काउण्टर तथा ११९ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार