#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32758989993435759251424173040
नेपाल706144591828951866

एनसिमासका निर्देशक नेपाललाई एसियन एक्सिलेन्स अवार्ड

काठमाडौँ ।
बाल बिकास एनसिमासका निर्देशक तेजु नेपाल सम्मानित भएका छन्। भारतीय समाचार च्यानल लाइभ २४ न्यूज र रे फाउन्डेसन, एसियाले संयुक्त रुपमा आयोजना गरेको मेगा इन्टरनेस्नल अवार्ड सेरेमोनीमा उनले अबाकस प्रणाली मार्फत शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एसियन एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा एसियाका विभिन्न कम्पनी, उद्यमी तथा व्यक्तित्वहरुलाई आफ्नो विधामा उत्कृष्ट कार्यको गरेको भन्दै सम्मानित गरेको हो । उक्त कार्यक्रम २३ फ्रेब्रुवरी २०२० मा सम्पन्न भएको थियो ।

उनले परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकतामा ढाल्न नेपालमा ४०० भन्दा बढी स्कुलमा अवाकस शैक्षिक प्रणाली मार्फत करिब १ लाख विद्यार्थीहरु शिक्षा दिलाउन सफल भएका छन् । अवाकस शैक्षिक प्रणालीले एकपटक पढेको ,लेखेको ,देखेको ,सुनेको कुरालाई पछिसम्म सम्झन सहयोग पुर्याएकाले स्कुल सञ्चालक र अभिभावक पनि अत्यन्तै खुसि रहेको जनाएका छन् ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितीय हिसाबका लागी क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएकाले यसलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुलहरुले पठन पाठन गराउदै आएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार