चर्चामा हाउडे मायाको तीज कोसेली ‘पिरलो’ [भिडियाे]

चर्चामा हाउडे मायाको तीज कोसेली ‘पिरलो’ [भिडियाे]


‘हाउडे माया’ले चर्चित गायिका सिर्जना खत्रीको  तीज कोसेली ‘पिरलो’ बोलको गीत हाल बजारमा चर्चामा रहेको छ । 

गायिका खत्रीकै शब्द, संगीत र स्वर रहेको गीत उनकै युट्युब च्यानलमार्फत हालै सार्वजनिक भएको हो । गीतको एरेञ्जमा योगेशकाजी श्रेष्ठ छन् भने मिक्स माष्टरिङ पवन विश्वाले गरेका छन् । 

सान थापाको निर्देशनमा तयार भएको भिडियोमा अभिनेत्री नीता ढुंगानाको साथमा सिर्जनाको आकर्षक नृत्य तथा अभिनय रहेको छ । गीतमा अर्जुन तिवारीको छायाकंंन रहेको छ । 

अविवाहित युवतीले झेल्ने गरेको बिहे कहिले गर्ने भन्ने प्रश्नलाई उठान गरिएकाे गायिका सिर्जनाको यस गीतलाई हालसम्म झण्डै तीन लाखले हेरेका छन् । भिडियोमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजमा नारी बेदनालाई देखाउन खोजिएको छ । 

गायिका सिर्जना आफूले बारम्बार मिडिया तथा आफन्तबाट झेलिरहेको प्रश्नलाई नै रमाइलो र सन्देशमूलक तरिकाले गीतमार्फत प्रश्तुत गरेको बताउँछिन्। 

सिर्जनालाई ‘हाउडे माया’ उपनामले चिन्नेहरु धेरै छन्। ‘हाउडे माया’ चाहीँ गीतले दिएको नाम हो । यो उनको पहिलो गीत थियो। आफैंले शब्द, संगीत र स्वर भरेको उक्त गीतले उनलाई गायिका बनाइदिएको हो। त्यसपछि उनको ‘नौटकी माया’, ‘लाहुरे माया’ हुँदै ‘डबल माया’लगायतलाई दर्शकले असाध्यै रुचाएका छन् । 

 

Logo