#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31472205968913740601323097279
नेपाल652764271761147238

छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने

आबुखैरेनी ।
आबुखैरेनी समाज काठमाडौंको आयोजनामा फागुन २५ देखि २७ सम्म सञ्चालन हुने छिम्केश्वोरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ को प्रचार प्रसार गर्ने उद्देश्यले काठमाडौंमा पत्रकार सम्मेलन सम्पन्न भयो ।

उक्त कार्यक्रममा २५ भन्दा बढी पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम नेपाल पर्यटन बोर्डको सभाहलमा भएको थियो । उक्त कार्यक्रममा महोत्सवका निर्देशक हरि सिङ गुरुङले महोत्सवको बारेमा प्रकाश पारेका थिए । महोत्सव आबुखैरेनी गाउँ पालिकाको संरक्षकत्वमा छिम्केश्वोरी पर्यटन बिकास समितीको आयोजनामा हुने कार्यक्रममा जानकारी दिइयो ।

आन्तरिक पर्यटकको उल्लेखनीय बृद्धि हुँदै गरेको तनहुँ जिल्लाका विभिन्न पर्यटकीयस्थलहरु मध्ये आँबुखैरेनी गापा अन्तर्गतको छिम्केश्वरी क्षेत्र पनि एक महत्वपूर्ण गन्तव्य हो । धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पुज्य र आराध्यस्थलको रुपमा रही आएको छ ।

यस क्षेत्र अन्तर्गत विभिन्न सांस्कृतिक ग्रामहरुको अनुभव, धवलागिरीदेखि लाङ्टाङ्सम्मको हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय र सूर्यास्त, महाभारत पहाडहरु मध्येको एक उच्च पहाड र तनहुँको सवैभन्दा अग्लो चुचुरा छिम्केश्वरी (२१३४ मि.) लेकमा अवस्थित छिम्केश्वरीमाई र बुढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरीलेक वास्तवमै उच्चकोटीको पर्यटकीय स्थल हो ।

सात देवीहरु मध्ये जेठी बुढीदेवीमाई र माहिंली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साहिंली गोरखकालीमाई, काहिंली मनकामनामाई, अन्तरी इच्छा कामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहि स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । भनिन्छ सात मध्ये ६ वटै देवीहरुको दर्शन गरेता पनि छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकांक्षा पुरा हुँदैन ।

छिम्केश्वरी सप्तदेवी दर्शन, छिम्केश्वरी उकाली खुला दौड प्रतियोगिता, छ्रिम्केश्वरी पदयात्रा, डाउनहील माउण्टेन वाइक प्रतियोगिता लगायतमा महोत्सव केन्द्रीत रहने बताइएको छ । यस्तै होमस्टे मितेरी दौड प्रतियोगिता, विद्यालय स्तरीय कौरा नृत्य प्रतियोगिता, फागु र होमस्टे विशेष कार्यक्रम, लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम, कृषि तथा वन्य पैदावरको प्रदर्शनी, स्थानीय खानाका परिकार, स्थानीय परम्परागत खेल, फोटोग्राफी महोत्सवका आकर्षण रहेका छन् ।

सम्बन्धित समाचारहरु