प्रचण्ड र माधवले जनतालाई गोरु झैं जुधाएर ताली बजाउन खोजे -अध्यक्ष ओली

प्रचण्ड र माधवले जनतालाई गोरु झैं जुधाएर ताली बजाउन खोजे -अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधव नेपालले जनता जुधाएर ताली बजाउन खोजेको आरोप लगाएका छन् । 

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा अध्यक्ष ओलीले प्रचण्ड र माधवले जनजातीको नाममा हिंसा भड्काउन भूमिका खेलेको टिप्पणी गरेका हुन् । उनले भने, ‘अबको नेपाल शान्तिपूर्ण बनाउने हो । अहिले पूर्वाञ्चलमाविरोध गर्ने माओवादी र माधव नेपालकाकार्यकर्ताहरु छन् । उफ्रिने किरात राई, उफार्ने पुष्पकमल दाहाल, माधवकुमार नेपाल नै हुन् । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनताहरुलाई गोरु जुधाए जसरी जुधाएर ताली बजाउन खोजी रहेका छन् । त्यो कामगर्न हुदैँन नेपाली जनता लड्नु हुदैँन । सत्तामा बस्नेहरुले यसलाई सानो विषयमानेका छन् त यसमा सचेत हुनु आवश्यक छ ।’

अध्यक्ष ओलीले मानव समाज स्वच्छ रुपमा निमार्ण गर्न चाहान्छौँ तर राजनीतिक अस्थिरता, वेइमानी, आफ्नो स्वार्थको लागि सांस्कृतिक विद्रोह भड्काउने कामले देश विकासमा बाधा आएको बताए । 

यस्तै, नेपालमा साम्प्रदायिक विद्रोह भड्काउन खासगरी माओवादीले आफ्नो जनयुद्धलाई अगाडि बढाउनका लागि हरेक जात, धर्म, क्षेत्र, पेशालाई उचालेर पहिचानको लडाईको नाममा जातीलाई भिडाएको पनि उनको आरोप छ । नेपालमा राम्रो संस्कार, सुशासनको अवस्था हुने हो भने १० वर्षमा गरिबी निवारणको अवस्थामा पुग्न सकिने भएपनि हाल देशमा भ्रष्टाचार, तस्करी र कुसाशनले समाजलाई विकृत बनाइरहेको पनि उनले गुनासाे गरे । 

Logo