सत्तापक्षलाई अध्यक्ष ओलीको कटाक्ष‍- ‘माकुराको जालोमा भैंसी पर्दैन’

सत्तापक्षलाई अध्यक्ष ओलीको कटाक्ष‍- ‘माकुराको जालोमा भैंसी पर्दैन’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको टिप्पणी गरेका छन् । 

बिहीबार पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तापक्षले आफूलाई जालमापार्न जाल बिछ्याउँदै हिँडेको भन्दै माकुराको जालोमा भैंसी पर्दैन भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले भने,‘मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले पाएसम्मसत्यकाविरुद्धकामगर्छन् । तिनीहरु हाम्राविरुद्ध आइलाग्न सक्छन् । म सर्तक छु कानूनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस् । मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइपल्टाइ फैसला गर्ने गरेको छु । त्यसकारण यिनीहरुको को इच्छाले केपी ओलीलाई फसाउन माकुराको जालोमा भैंसी पर्दैन भन्ने कुरा यीनिहरुले बुझ्नुपर्छ ।’

उनले झुटैमा जाने हो भने कानूनले आफूलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ नराखेको दाबी गरे । उनले भने,‘झुटैमा जाने हो भने तर कानूनले केपी ओलीलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन । राखेकै छैन । किनकी केपी ओली ढुक्कले भन्छ ।’

Logo