नेयमार भारत आउने

नेयमार भारत आउने


ब्राजिलियन स्टार फुटबलर नेयमार भारत आउने भएका छन् । 

एसियाको सबैभन्दा ठूलो क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको ड्रमा नेयमार आबद्ध साउदी क्लब अल-हिलालको खेल भारतमा हुने भएको हो । समूह ‘डी’मा रहेको अल-हिलालसँगै दक्षिण एसियाबाट भारतको मुम्बई सिटी पनि परेको हो । सो समूहमा इरानको नसाजी मजान्दरन र उज्वेकिस्तानको नाभबहोर पनि छन्। 

गत सिजनको साउदी प्रो लिग जितेको अल-हिलालमा ब्राजिलियन फवार्ड नेयमार यसै सिजन आबद्ध भएका हुन् । अल-हिलालमा सेनेगलका काउलीबाली, पोर्चुगलका रुबेन नेभेस र सर्वियाका मिट्रोभिक पनि रहेका छन् । 

लिगको समूह चरणका खेल १८ सेप्टेम्बरदेखि होम एन्ड अवेका आधारमा हुनेछन्। १० समूह विजेता र ६ उत्कृष्ट उपविजेता नकआउट चरणमा पुग्नेछन्।

Logo