#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341820431019130771809325444820
नेपाल778174982089156428

‘मिस नेपाल २०२०’ को मुख्य प्रायोजकमा यामाहा

‘मिस नेपाल २०२०’ का लागि आवेदन खुला भएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’को २५ औं स्थापना दिवस मनाउँदै ‘मिस नेपाल २०२०’ आयोजनाको घोषणा गरिएको हो ।

देशभरिका वा विदेशमा रहेका नेपाली नागरिकता भएका युवतीहरुले अनलाइनमार्फत निःशुल्क आवेदन भर्न सकिने हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले जानकारी दिए । राजकर्णिकरले मिस नेपालको अडिसन देशको विभिन्न नौ सहरमा हुने जानकारी दिए । अडिसन हुनेमा स्थानहरुमा काठमाडौं, चितवन, धनगडी, नेपालगंज, बुटवल, पोखरा, वीरगञ्ज, धरान र विर्तामोड रहेका छन् ।

इच्छुक नेपाली युवतीहरुले मार्च २७ सम्म अनलाइनमार्फत आवेदन दर्ता गरिसक्नुपर्ने छ । यस वर्षको मिस नेपालको फिनाले १५ मार्च शुक्रबारका दिन हुनेछ ।

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्ने आयोजकले जनाएको छ । साथै आवेदन दिन ५.४ इन्च उचाइ तोकिएको छ । यस वर्षका विजेतालाई त्रैमासिक भत्ताका साथै २ लाख ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाएको छ । यस वर्षको मिस नेपालमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल विधा मात्रै समावेश हुनेछ ।

मिस नेपाल २०२० को मुख्य प्रायोजक यामाहा रहेको छ । यामाहाले विगतदेखि मिस नेपाल विजेतालाई फेसिनो स्कुटर प्रदान गर्दै आएको छ ।

नेपालमा यामाहा बाइक तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज हो ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार