#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32111518982196743692123692401
नेपाल678044361741449954

सेनाको हेडक्वार्टरमा ठेकेदार र मजदुरहरूको धर्ना (भिडियोसहित)

काठमाडौँको भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरमा ठेकेदार र मजदुरहरूले धर्ना दिएका छन् ।

सेनाको मुख्यालय भवन निर्माण गर्दाको भुक्तानी नपाएको भन्दै सहायक ठेकेदार, सप्लायर्स तथा मजदुरहरुले मंगलबार बिहान धर्ना दिएका हुन् ।  उनीहरूले निर्माण सम्पन्न भएको ९ महिना बितिसक्दा समेत भुक्तानी नपाएकाले धर्ना दिनु परेको बताएका छन् । उनीहरूले ‘मजदुर मार्न पाइँदैन’, ‘भुक्तानीको ग्यारेन्टी गर’लगायतका प्लेकार्ड बोकेका छन् ।

नेपाली सेनाले भवन निर्माणको जिम्मा केसी कन्स्ट्रक्सनलाई दिएको थियो । कोसी कन्स्ट्रक्सनले भने सव-कन्ट्याक्टर क्वेस्ट इन्फालाई निर्माणको जिम्मा दिएको थियो ।

हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार