#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30691232956396740103222333804
नेपाल615933901738343820

“सोचेभन्दा पनि दश गुणा राम्रो प्रतिक्रिया पाइरहेका छौं”-विशाल भण्डारी, निर्देशक (कमेडी च्याम्पियन)

विश्वभर अहिले हाँसोको व्यापार बढ्दो छ । चलचित्र तथा टेलिसिरियल होस् अथवा रियालिटी शो होस्, दर्शकहरुले कमेडी नै बढी रुचाउँछन् । केही वर्ष अगाडि तितो–सत्य, मेरी बास्सै र जिरे खुर्सानी हेर्न परिवारले टिभीको लागि निश्चित समय छुट्याउनु पर्थ्यो। तर अहिले नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ धेरै दर्शकहरुको मन जितेर चर्चाको शिखरमा छ । केकी अधिकारी तथा रीमा विश्वकर्माद्वारा निर्मित र विशाल भण्डारीद्वारा निर्देशित ‘कमेडी च्याम्पियन’ को सेमिफाइनल सोमबार प्रसारित भइसकेको  छ भने बिजेता घोषणा हुन अब केही हप्ता मात्र बाँकी छ । यसै बारेमा ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारीसँग केन्द्रबिन्दुकी संवाददाता पुजा पन्त कोयलले ५ प्रश्न गरेकी छिन् ।

१. ‘कमेडी च्याम्पियन’ लाई दर्शकहरुबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?
सुरुवातमा सोचेजस्तो नभए पनि अहिले भने सोचेभन्दा पनि दश गुणा राम्रो प्रतिक्रिया पाइरहेका छौँ ।

२.‘कमेडी च्याम्पियन’ को सुरुवात गर्ने आइडिया कहाँबाट आयो ?
म आफैं पनि बिग फ्यान अफ कमेडी हुँ । इन्टरनेश्नल कमेडी शो हरु प्रायः नछुटाइकन हेर्ने गर्छु । मैले नेपाल आइडल तथा भ्वाइस अफ नेपालमा काम गर्दा देखि नै गायनमा प्रतिभा भएको मान्छे भन्दा पनि नरेश पातली, काउली बुढी तथा झक्कड थापाहरुको एपिसोडहरु भाइरल भए । त्यसैले नेपालमा कमेडी ट्रयाडिसनल रुपमा मात्रै अगाडी बढिरहेको हुँदा यसलाई मोडर्न तरिकाले अगाडी बढाउन एउटा कमेडी शो पनि चाहिएको छ र नयाँ कमेडीयनहरुलाई पनि प्लाटफर्मको खाँचो छ भन्ने कुरा सोचेर नै हामीले टिम बनाएर ‘कमेडी च्याम्पियन’ सुरु गरेका हौँ ।

३. नेपालमा पहिलोपटक यस्तो रियालिटी शो गर्न कतिको कठिनाई भयो ?
कुनै पनि कुरा सुरु गर्न गाह्रो त हुन्छ नै । तर जहाँ समस्या छ त्यहाँ निकै मजा पनि हुन्छ । सर्वप्रथम त श्रृजनशील तथा बलियो टिमको आवश्यकता पर्छ । त्यसपछि ठूलो धनराशीको कुरा छँदैछ । त्यसैगरी टेक्निसियनको टिम बनाउन त निकै नै गाह्रो हुन्छ । सुरुको तीन महिना त हामीले निकै रफ्तारसँग काम गर्यौँ । त्यसपछि राम्रो प्रतिक्रिया आउन थाल्यो र हामीले सोचेभन्दा दश गुणा राम्रो भएको पायौँ । दर्शकहरुले एकदमै माया दिइरहनु भएको छ, जसकारणले हाम्रो उर्जा र जोश झन् बढेको छ । अहिले हामी निकै खुसी छौँ ।

४.यसको फाइनल कहाँ कसरी र कहिले हुँदैछ ?
यसको फाइनल चैत्र एक गते काठमाडौँमा नै हुँदैछ । तर निश्चित स्थान भने फाइनल भइसकेको छैन । यसको नोटिस चाँडै आउनेछ । सेमिफाइनल सोमबार प्रसारित भइसकेको छ । हामीले फाइनल र सेमिफाइनलको बीचमा दुई हप्ता ग्याप राखेका छौँ । अहिलेसम्म हामीले प्रतियोगीहरुको प्रस्तुती मात्रै देखाएका छौँ । अब भने उनीहरु कसरी ‘कमेडी च्याम्पियन’ मा सहभागी भए ? कसरी टप थ्रीमा पुगे भन्ने कुराहरु समेटेर उनीहरुको घरमै गएर उनीहरुको ‘कमेडी च्याम्पियन’ को यात्राको एपिसोड देखाउने छौँ ।

५.बिजेताले पाउने पुरस्कार के–के छन् ?
प्रथम बिजेताले नगद पच्चीस लाख, एउटा गाडी र वर्ल्ड टुर गर्न पाउनेछन् । यस्तै दोस्रो तथा तेस्रो हुनेले टिमको छलफल अनुसारको धनराशी तथा वर्ल्ड टुर गर्न पाउनेछन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार