मलेसियालाई नेपालको सामान्य लक्ष्य

मलेसियालाई नेपालको सामान्य लक्ष्य


नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजमा घरेलु टोली मलेसियाविरुद्ध सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाको कारण खेल केही समय प्रभावित हुँदा खेल १८ ओभरमा झारिएको थियो । 

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २३ रन जोडिन् । साथै इन्दु बर्माले २० रन तथा पूजा महत्तोले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

बलिङमा मलेसियाकी ऐना हामिजाह हाशिम, महिराह इजाती इस्माइल र नुर दानैआ सामादले समान २/२ लिए । 

यस खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनल प्रवेश गर्न चाहन्छ। नेपाल सिरिजमा अपराजित रहेको छ। मंगलबार भएको पहिलो खेलमा हङकङलाई र दोस्रो खेलमा नेपालले कुवेतलाई हराएको थियो।

Logo