हाइड्राः ‘शान्त ग्रीक टापु जहाँ कारहरू प्रतिबन्ध छ र समय स्थिर’

हाइड्राः ‘शान्त ग्रीक टापु जहाँ कारहरू प्रतिबन्ध छ र समय स्थिर’


झट्ट हेर्दा ‘हाइड्रा’ अन्य छिमेकी टापुभन्दा फरक छैन । एसियन सागरका अन्य टापुहरू जस्तै सफा सडकहरू, स्वच्छ हावा र वरिपरि चम्किरहेका नीलो पानीका शान्त छालहरू छन्, यहाँ ।

‘हाइड्रा’ के कुराले फरक देखिन्छ भने यहाँको यातायात मोड फरक छ । यहाँका स्थानीयहरूले घोडाका खुरको लयबद्ध आवाजलाई अँगालेर हर्न बजाउने कोलाहल वावातरणको विरोध गरिरहेका छन् ।

जानाजानी ‘हाइड्रा’ लाई कारहरूबाट टाढा राखिएको हो । यहाँको स्थानीय कानूनमा (बारण यन्त्र, एम्बुलेन्स बाहेक) मोटरहरू दर्तामा प्रतिबन्ध लगाइएको छ । ग्रीक टापुका लगभग २ हजार ५०० का स्थानीयहरू सवारी साधानका रूपमा खच्चर, गधा र साना घोडाहरू प्रयोग गर्छन् । 

ढुङ्गाबाट ‘हाइड्रा’ पोर्टमा ओर्लिएपछि टापुको बीच भागमा आगन्तुकहरूका लागि साना घोडाहरू भेटिन्छन् । ती घोडाहरूले ढुङ्गा बिच्छाइएका सडकहरू हुँदै आफ्ना बाटो बुन्छन् र आगन्तुकहरूलाई असहज गतिको मज्जा दिलाउँछन् । ‘हाइड्रा’का अनौठा बाटा भएर हिंड्दा स्थानीयहरूलाई आफ्ना चार खुट्टा भएका साथीहरूसँगै आफ्नो दैनिक व्यापारमा हिँडेको जस्तो देखिनु सामान्य जस्तै भएको छ ।

परम्परागत ढुङ्गे गाउँहरूले सजिएको दक्षिणी तटवर्ती भागमारहेको कमिनियादेखि टापुको पश्चिम किनारमा रहेको मुन्द्रासम्म पानी र ‘ब्याक–लेड अउरा’को उपस्थितिले टापु सजिएको छ । “हाइड्र यस्तो टापु हो, जसले तपाईँलाई समयमै लैजान्छ ।” हर्स ट्रेकिङ कम्पनी, ह्यारिएट हाइड्रा हर्सेसका मालिक ह्यारिएट जार्मनले भनिन्, “यस टापुमा सबै यातायात घोडा र खच्चरबाट गरिन्छ । यहाँ कुनै पनि कारहरू छैनन्, सबैको जीवन थोरै शान्त छ ।”

Hydra: The Greek island of calm where cars are banned and time stands still  | CNN

कार छैन ? समस्या छैन 

‘हाइड्रा’सँग जार्मनको सम्बन्ध २४ वर्ष पहिलो सुरु भएको हो । जब उनकी आमाले उनलाई छुट्टीमा टुपामा ल्याइन्, त्यसपछि ‘हाइड्रा’मा नै स्थायी घर बनाउने गरी उनीहरूले निर्णय भयो । 

ग्रीसमा देखिएको आर्थिक सङ्कटका कारण जार्मनलाई आफ्नो प्यारो घोडा ‘क्लो’ बेच्न दबाब पर्‍यो। आफ्नो प्रिय साथीलाई आफैसँग राख्ने दृढ संकल्प गरेकी उनले ट्रेकिङ व्यावसाय स्थापना गर्ने निर्णय गरिन् । व्यापारलाई क्लोले सहयोग गर्दैन यद्यपी उनी टापुको परिदृश्यामा क्लोसँग प्रेम आदानप्रदान गर्न तयार भइन् ।

“घोडा(क्लो) राख्न महङ्गो छ, बेच भनेर सबैले भन्न थालेपछि म दिक्क भएकी थिएँ,” उनले सम्झँदै भनिन्, “मैले सोचे ठीक छ, म टापुमा किन बस्न चाहन्छु भन्नेकुरा मानिसहरूलाई देखाउनुछ ।” टापुभरका लागि अनुभवी पथप्रदर्शकसहित कम्पनीसँग अब १२ घोडाहरू छन् । यीनका माध्यमबाट ‘हाइड्रा’ का धेरै विचित्र मठहरू र रमणीय समुन्द्र तटहरूको यात्रा हुने गरेको छ ।

खुरको छापमा कुँदिएका सम्पदा

‘काइकस’ भनेर चिनिने परम्परागत घोडाले तानिएकोे यातायातलाई अँगाल्ने निर्णयले टापुको समृद्ध संपदा र दिगो जीवनप्रतिको प्रतिबद्धतालाई सम्मान प्रदान गरेको छ ।

Superstars and bars but no cars ! The Greek island of Hydra is different.

१८औँ र १९औं शताब्दीका समयमा ‘हाइड्रा’ एक समुद्री हबका रुपमा उदायएको थियो । तर, २०औं शताब्दीसम्म आइपुग्दा, ग्रीसको बाँकी भागमा मोटर साइकल यातायात ल्याइए । यहाँका साँघुरा एवं ठाडा गल्लीहरू र चट्टानी भूभागमा कारहरू अव्यावहारिक भए । त्यसैले यहाँका बासिन्दाले घोडा यातायातलाई अपनाए । जसले असहज परिस्थितीलाई सहज तुल्याइदियो ।

कालान्तरमा खुरहरूमा निर्भर ‘हाइड्रा’ को जीवनशैलीसंस्कृतिसँग गाँसियो । गधा र खच्चरहरू टापुको पहिचानको अभिन्न अंग बन्न पुग्यो । टापुका मानिसका लागि आवश्यक पर्ने सामग्री ओसार पसारका लागि परम्पारागत रूपमा मानिसले जे प्रयोग गर्थे त्यही नै यो आजसम्म कायम छ ।

“यहाँ वरपरका मानिसहरू सबैजना आफ्नो पछाडि बस्छन्,” जार्मन भन्छिन्,“ तिनीहरू हाम्रा कार र हातहरू हुन्, निर्माण सामग्रीदेखि फर्निचर र किनमेलका सामानसम्म सबै बोक्छन् ।”

Perfect 2-Day Itinerary on Hydra Island for an All-Greek Getaway! - Sofia  Adventures

एउटा कलात्मक स्वर्ग 

कारहरू नहुँदा टापुलाई शान्त तुल्याउन योगदान पुगेको छ । जसमा प्रख्यात इटालियन अभिनेत्री सोफिया लोरेनलगायत सबैबाट यहाँको रचनात्मक चित्रण भएको छ । सन् १९५७ मा ‘बोय अन डल्फिन’ फिल्न निर्माण गर्ने क्रममा लोरेन ‘हाइड्रा’को प्रेममा परेकी थिइन् । 

गहना डिजाइनर, ‘हाइड्रा’का स्थानीय एनेला भोत्सीले भनिन्, “हाइड्राले अद्भूत रंगहरू, सुन्दर प्रकास र एक अद्वितीय वातावरण प्रदान गर्छ । जसले धेरै मानिसलाई प्रेरित गरेको छ ।”

परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्रसँग मिलाउने कामका लागि परिचित भोत्सी आफ्नो ग्रीक सम्पदाका साथै प्रकृति र ज्यामितीबाट प्रेरणा लिन्छिन् ।

एथेन्समा जन्मिए पनि भोत्सी भन्छिन् कि उनी आफ्नो बाबालाई भेट्नका लागि गर्मी बिदामा‘हाइड्रा’ आइन् । कार नहुँदा यस स्थानलाई काम गर्न सहज भएको छ । त्यसैले पनि भोत्सीको क्यारिएरको सुरुवातदेखि नै डिजाइनलाई प्रेरित गरेको छ । 

“सूर्य, यहाँका चट्टान, छालहरूका ढाँचाले मलाई प्रेरित गर्‍यो, यस टापुको प्राकृतिक सौन्दर्य र विशिष्टताले मेरो सृजनात्मक प्रक्रियालाई ठूलो प्रभाव पारेको छ,” भोस्तीले भनिन् । सन् २०२३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको लागि ग्रीष्मकालिन ओलम्पिक खेल पदक पुनः डिजाइन गर्ने प्रतियोगितमा भाग लिन उनलाई आमन्त्रित गरिएको थियो ।

प्रतिस्पर्धाको निमन्त्रणा पाएपछि भोस्ती ‘हाइड्रा’ मा रहेको आफ्नो घरतिर लागिन । यो टापुको अपरिहार्य आकर्षणले उनलाई रचनात्मक यात्रामा प्ररित गर्‍यो । जसले उनलाई प्रतियोगिता जित्ने र विश्वको सबैभन्दा चर्चित खेलकुद घटनाहरूको रेकर्डमा नाम थप्न नेतृत्व गर्नेछ ।

धेरै कालाकारहरूले ‘हाइड्रा’को भ्रमण गरेका छन् । उनीहरू यहाँ आएर बसेका छन् । टापुको चुम्बकीय आकर्षणले ब्रिस मार्डेन, एलेक्सिस भेरोकास, पानागियोटिस टेट्सिस, निकोसजस्ता विश्वका चर्चित चित्रकारहरूलाई ‘हाइड्रा’को किनारले तानेको छ ।

क्यानेडियन कायक–गीतकार लियोनार्ड कोहेनले सन् १९६० मा ‘हाइड्र’ पत्ता लगाए । उनले धेरै वर्षसम्म यसलाई आफ्नो घर बनाए । उनले ‘हाइड्रा’मै बसेर लेखेको ‘बर्ड अन द वायर’ गीत अमर रहेको छ । भोत्सीले भनिन्, “हाइड्र एक स्वर्ग हो । यो सिर्जनात्मक काम गर्नका लागि जदुमयी स्थान हो ।  धन्य छु, कलाकारका रुपमा म यहाँ आउन सकेँ, म जस्तै अरु धेरैले मभन्दा पहिला त्यो काम गरेका छन् र गरिरहनेछन् ।”

Logo