ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउन खोजियोः मन्त्री ज्वाला

ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउन खोजियोः मन्त्री ज्वाला


नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदालतले दोषी देखाएपनि जनताले नपत्याउने बताएका हुन् । 

उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउन खोजियो । माधव नेपालले भ्रष्टाचार ग-यो भनेर यो दुनियाँमा कसैले पत्याउछ । ? सायद समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । त्यसका विरुद्धमा छौं हामी । त्यसलाई जनताले पत्याउँदैनन् ।  कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन । यो षड्यन्त्रको कडी हो ।’

मन्त्री ज्वालाले अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने र सबैभन्दा क्लिन नेताहरु नेकपा एसमै भएको बताएका छन् । पार्टीलाई कमजोर नवनाई उच्च मनोबलको साथ अगाडि बढ्नु पर्ने उनको भनाई छ । 

Logo