सावित्री कंचनजंगा अगरबत्तीले ल्यायाे ‘स्क्यान दनादन उपहार टनाटन’ अफर

सावित्री कंचनजंगा अगरबत्तीले ल्यायाे ‘स्क्यान दनादन उपहार टनाटन’ अफर


विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओ सर्टीफाईड सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर, रिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याउँदै आएको छ । यसैगरी यसवर्ष पनि सावित्री कंचनजंगाले ‘स्क्यान दनादन उपहार टनाटन’ अफर ल्याएको छ । 

डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगकाे सहकार्यमा सावित्री अगरबत्तीले साे आकर्षक अफर सार्वजनिक गरेकाे हाे । यस अफरअन्तर्गत हरेक सावित्री अगरबत्ती ब्राण्डहरुमा रहेको क्यूआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा रु १००, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन, स्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउनेछन् ।

यस अफरमा सहभागी हुनका लागि-
स्टेप १- सावित्री ब्राण्डको कंचनजंगा अगरबत्ती साथै अरू उत्पादनहरूमा तपाईंले Daaami क्यूआर प्राप्त गर्नुहुनेछ ।
स्टेप २- प्राप्त भएको Daaami क्यूआर खल्ती एपबाट स्क्यान गर्नुहोस् ।
स्टेप ३: अब तपाईं ‘स्क्यान दनादन उपहार टनाटन’ को लक्की – ड्र मा सहभागी हुनुहुनेछ ।

पालना गर्नुपर्ने नियमहरु-
१) यस अफरमा होलसेलर, रिटेलर र उपभोक्ता सहभागी हुन पाउनेछन्।
२) लक्की – ड्र को बिजेताहरू सावित्री कंचनजंगा अगरबत्तीको सामाजिक सञ्जाल पेजमा घोषणा हुनेछ।

अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्तीलगायत ५० भन्दा  बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन्। पूर्वदेखि पश्चिम नेपालसम्म, हिमाल देखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ । सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरीय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाममा पनि निर्यात हुँदै आएका छन् ।

Logo