बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान खड्काले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।उनलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गरेका छन् । 

पारस अध्यक्षमा उठ्दा उपाध्यक्षमा मकवानपुर, सचिव ललितपुर र कोषाध्यक्षमा भक्तपुरका प्रतिनिधि उठ्ने घोषणा गरेका छन् । पारसलाई अध्यक्षमा बागमती प्रादेशिक संघका वर्तमान कार्यसमितिका १३ मध्ये ७ जनाले सहमति जनाएका छन् । 

बागमतीको चुनाव आगमी भदौं १५ गते हुँदैछ । 

Skip This
Logo