#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31850209976560742374223449907
नेपाल678044361741449954

विमलको ह्याट्रिकमा मछिन्द्रको शानदार जीत

धरान ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा मंगलबार भएको खेलमा भारतको सन्डे एफसी कोलकात्तालाई ६–१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।

मछिन्द्रको जीतमा विमल घर्तीमगरले ह्याट्रिक गरे । यस्तै विशाल राईले दुई गोल गरे भने, रेजिन सुब्बाले एक गोल गरे । कोलकात्ताका सञ्जीव बौरीले एक गोल फर्काए । विमल खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ हजार पाए । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् । यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार