#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31273070965628745581822851624
नेपाल652764271761147238

मुक्तिनाथ विकास बैंकको आकर्षक ब्याजदरमा दुई कर्जा योजना

काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी , घरजग्गा तथा फ्ल्याट /अपार्टमेन्टमा भएको स्व–लगानीमा डेबिट लिब्रेज लिने गरी इक्बीटी फाइनान्सिङ गरिने र अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी मुक्तिनाथ घर पूँजीकर्जा सञ्चालनमा ल्याएको छ ।

घर पूँजी कर्जा आकर्षक ब्याजदरमा १५ बर्षको लागि लिन सकिनेछ । यसका साथै बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ । यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चाल ुपूँजी स्व–लगानीमा फाइनान्स लिब्रेज लिने गरि उद्योग, व्यापार एवं सेवामुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पूँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिनेछ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार