#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30356725950628735984422046253
नेपाल595733831624142949

नेपाल ट्रष्टद्वारा सम्पत्ति विवरण सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।

नेपाल ट्रष्टले स्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनिक गरेको छ । तत्कालीन राजा वीरेन्द्र शाह लगायत उनको परिवारको सम्पत्ति राष्ट्रहितमा लगाउन नेपाल ट्रष्टको स्थापना गरिएको हो ।

मंगलबार स्वेतपत्र जारी गर्दै ट्रस्टले आफ्नो नाममा रहेको जग्गा, अहिलेसम्म लिज दिइएको जग्गा र सम्पत्तिको विषयमा जानकारी दिएको हो । देशभरीका १२ जिल्लामा रहेको करिब २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब १७२ रोपनीमा मोहीहरुले बसोबास र खेती गरिरहेका छन् । उक्त समयमा विजयकुमार गच्छदार ट्रष्टको अध्यक्ष थिए । ट्रस्टले २०६९ भदौमा मन्त्रिपरिषदबाट निर्णय गरी मोहीको नाममा कायम भएको जग्गा फिर्ताका लागि सार्वजनिक तथा सार्वजनिक सम्पत्ति छानबिन आयोगमा उजुरी दिइएको ट्रष्टका अध्यक्ष रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए ।

तत्कालिन समयमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री तथा ट्रष्टको संरक्षक रहेका बेला साविकको बालाजु ८, मातातिर्थ १, सतुंगल, थानकोट महादेवस्थान लगायतका क्षेत्रमा रहेका जग्गामा फिर्ताका लागि आयोगमा उजुरी दिएको हो । २०६९ भदौ ११ गतेको मन्त्रिपरिषदले निर्णय गरी मोहीका नाममा नामसारी भएको थियो । ट्रष्टको चल सम्पत्ति ७८ करोड, ९ लाख, ७७ हजार ७९३ नेपाली रुपैयाँ, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर र ५० हजार १२४ ब्रिटिस पाउण्ड स्टर्लिङ रहेको छ ।

यसैगरी नबिल बैंकको ५ लाख, ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्तासमेत नेपाल ट्रष्टको नाममा रहेको छ । ट्रष्टको सम्पत्तिमध्ये ६ स्थानमा ठूलाठूला घर र रिसोर्ट लिजमा रहेका छन् । गोकर्ण, कमलादी, टेकु र लाजिम्पाटको ४ वटा सम्पत्ति तत्कालिन राजपरिवारले दिएको र दरबारमार्ग र ताहचलको २ वटा सम्पत्ति २०६४ सालमा नेपाल ट्रष्टको स्थापना भएपछि लिजमा दिइएको स्वेतपत्रमा उल्लेख गरिएको छ । हेरौं यो भिडियोमा

सम्बन्धित समाचारहरु

ताजा समाचार