सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैनः रवि लामिछाने

सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैनः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन्।

टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातिय सद्भावकायम राख्न सबैलाई आग्रह गरेका हुन्। 

प्रमुख राजनीतिक दलहरू सुन,भ्रष्टाचारलगायतका काण्ड ढाकछोप गर्न लागि परेको आरोप लगाउँदै लामिछानेले जातिय, क्षेत्रिय तथा धार्मीक द्वन्द्वको भूमरिमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे।

‘आज जातिय सदभाव भड्काउ नपाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम/थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने,‘खवरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नुहोला।’

समाजिक सद्भाव कायम गर्न आफू पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानूनको पालना गर्न आग्रह गरे।‘कानून विपरित कार्य हामी कसैले पनि गर्न हुँदैन। त्यो भन्दा पनि महत्वपूर्ण कुरा सद्भाव खलवल्याँउने कुरा,एक अर्काको विचमा बैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन।’

उनले समाजको सद्भाव खलवल्याँउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए। त्यस्तै उनले सबै मिलेर बेथितिको विरुद्ध लड्नुपर्नेमा जोड दिए।

‘हाम्रो दुस्मनि भनेको एकअर्काको होइन,एउटा जाति र अर्को जाति के यो नेपालीको दुश्मन हो? एउटा समुदायअर्को समुदायको दुश्मनहो?हाम्रो साझा दुश्मन गरिबी, अशिक्षा र बेरोजगार हो। हरेक एक नेपालीको साझा दुश्मन त्यही हो। हाम्रो लडाइँ त्यो दुश्मनसँग हो, एक अर्कासँग होइन।’ 

Skip This
Logo