#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341830141019133771811225445769
नेपाल778174982089156428

यस वर्षको मिस नेपालमा ४ वटा मात्रै विधा (भिडियोसहित)

काठमाडौं ।

‘द हिडन ट्रेजर’ले ‘मिस नेपाल २०२०’ का लागि आवेदन खुल्ला गरेको छ । मिस नेपालका प्राय सबै प्रक्रियाहरु विगतको जस्तै भएपनि यसपटक भने केहि नयाँपन थपिएको छ ।

मिस नेपालमा सहभागी हुन गत वर्षसम्म १९ वर्षदेखि २५ वर्षसम्मको अविवाहित युवती हुनुपर्ने नियम थियो तर यस वर्ष १ वर्ष बढाएर २६ वर्षसम्मका युवतीहरुले आवेदन दिन पाउने आयोजकले जनाएको छ ।

त्यस्तै यस वर्ष विजेताले पाउने पुरस्कार राशी पनि बढाईएको छ । आयोजकले पहिलेको पुरस्कार राशिमा एक लाख पचास हजार बढाएर दुई लाख पचास हजार पु¥याएको छ । त्यस्तै यस वर्षका विजेतालाई त्रैमासिक भत्ताको समेत व्यवस्था गरिएको आयोजकले बताएका छन् ।

यसपटक विजेताका विधा भने घटाइएको छ । जसअनुसार यस वर्षको मिस नेपालमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल विधा मात्रै समावेश हुनेछन । मिस नेपाल २०२० मा सहभागि हुने सुन्दरीहरु मध्ये मिस नेपाल असिनिया र मिस नेपाल युरोपका विजेतालाई सोझै फाइनल चरणमा प्रवेश गराउने छ भने मिस पुर्वाञ्चल, मिस पोखरा, मिस सुदरपश्चिमाञ्चल, मिस चितवन र मिस इटहरी भएका सुन्दरीले पनि सोझै फाइनल चरणमा प्रवेश गर्न पाउने छन् ।

नेपाली नागरिकता भएका युवतीहरुले अनलाइनमार्फत निःशुल्क आवेदन भर्न सकिने हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले जानकारी दिए । राजकर्णिकरले मिस नेपालको अडिसन देशको विभिन्न नौ सहरमा हुने जानकारी दिए । इच्छुक नेपाली युवतीहरुले मार्च २७ सम्म अनलाइनमार्फत आवेदन दर्ता गरिसक्नुपर्ने छ । यस वर्षको मिस नेपालको फिनाले १५ मार्च शुक्रबारका दिन हुनेछ । हेरौं भिडियोमा :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार