नेपालमा पहिलो पटक मोटर खेलकुदबारे कार्यशाला

नेपालमा पहिलो पटक मोटर खेलकुदबारे कार्यशाला


काठमाडौं ।

नेपालमा पहिलो पटक मोटर खेलकुदबारे कार्यशालाको आयोजना भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बिहीबार जुमको सहायताबाट ‘मोटर स्पोर्टस इन नेपाल’ नामक कार्यशालाको आयोजना गरेको हो ।

कार्यशालामा मोटर स्पोटर्स (खेलकुद) सिंगापुरकी महासचिव तथा एफआईए वुमन्स इन मोटर स्पोर्टस कमिसन जनेट्टी तानले ‘वुमन्स इन मोटर स्पोर्टस’ र चाईनिज ताइपे मोटर स्पोर्टसका अध्यक्ष डा.क्वाङ्ग विङ्गले ‘सर्ट सर्किट एण्ड अटो जिमखाना’ बारे प्रस्तुति दिएका थिए ।

त्यस्तै इन्स्टिच्युट अफ रोड सेफ्टी ट्राफिक इन्भाइरोमेन्ट पाकिस्तानकी समीर नाजिरले ‘फोर व्हिलर सेफ्टी’ र एफआईए इन्भाईरोमेन्ट एण्ड सस्टेनेबिलिटी कमिसनका सदस्य गोविन्द भट्टराईले ‘इन्भाइरोमेन्ट एण्ड सस्टेनेबिलिटी इस्युज इन मोटर स्पोर्टस’ विषयमा प्रस्तुति दिएका थिए ।

कार्यशालामा भग्सवागन नेपालका सिइओ विवेक बिजुक्छेले ‘भग्सवागन इन्भल्भमेन्ट इन मोटर स्पोर्ट्स, डेल्टा टायर नेपालका बिक्रम सिंघानियाले ‘डेल्टा टायर एण्ड मोटर स्पोर्टस इन्भल्भमेन्ट’, नेपाल अटोमोबाइल्स नेपाल (नाडा) का महासचिव आशिष गजुरेलले नाडाको २० वर्षे कार्ययोजनाबारे जानकारी दिएका थिए ।

कार्यशालामा नेपाल मोटर स्पोर्टस क्लबका आशिष लामिछानेले ‘मोटर स्पोर्ट्स इन नेपाल’ र मोटर स्पोर्ट्स कोलमनिस्ट आत्मीय सिलवालले डिजिटल मोटर स्पोर्ट्सबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा फेडेरेसन इन्टरनेसनल डी अटो मोबाइलका सेला घेब्रेमाधीन र फर्मुला वानका सिनियर स्टुवार्ड प्रभाकरले विभिन्न विषयमा टिप्पणी गरेका थिए ।

आधा दर्जन बढी देशका ५० बढी सहभागी वर्कशपमा फोर व्हिलर स्पोर्टस र ड्राइभ टुरिजमका विषयमा समेत चर्चा गरिएको थियो ।

Skip This
Logo