#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30969064960693744138822566983
नेपाल627974011712945267

‘अब प्रजातन्त्र बचाउका लागि अन्तिम लडाईं’ : सभापति देउवा

file photo

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र बचाउका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्म जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरी एकपटक कांग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सकने बताएका हुन् ।

उनले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गरे । कुनैपनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने समेत उनले बताए ।

सभापति देउवाले कांग्रेसभित्र केही विवादहरु देखिएपनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत बताए । तर राष्ट्रको हितका लागि कांग्रेस सधैं एकजुट भएर लडाई लडेको भन्दै अब पनि अन्तिम लडाईं लड्न तयार रहेको बताए ।

सम्बन्धित समाचारहरु