#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31418363967633744259723008133
नेपाल652764271761147238

फोहोर व्यवस्थापनमा मध्यपुर नगरपालिकाको सफलता

भक्तपुर ।

घरबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भइरहेका बेला मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई वरदान सावित गराएको छ । जापानी प्रविधिबाट बिनारसायन प्रयोग गरी कुहिने फोहोरलाई स्थानीय स्तरमा नै प्राङ्गारिक मल उत्पादन गरी फोहोर व्यवस्थापन गरिएको हो ।

नगरपालिका–४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ । एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रुपैयाँमा धमाधम बिक्री भइरहेको छ । दुई वर्षअघि सुरु गरिएको जापानी कम्पोस्ट मल प्रविधिबाट बनाइएको प्राङ्गारिक मलको फोहोर व्यवस्थापन अहिले सफल सावित भएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आर्थिक लगानी र रिकिसि प्रालिको प्राविधिक सहयोगमा अर्गानिक मल उत्पादन गरिएको हो । रिकिसि प्रा.लि.का प्रबन्ध निर्देशक उषा गिरीले नेपाल जस्तो कृषिप्रधान र शहरोन्मुख देशमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन वरदान सावित हुने बताइन् ।

दस वर्षसम्म जापानमा उक्त मल उत्पादन सम्बन्धी अध्ययन र अनुसन्धान गरेकी उनले मध्यपुर थिमि नगरपालिकामा सुरु गरिएको उक्त काम पूर्णरूपमा सफल भएपछि अहिले मल उत्पादन आकर्षण केन्द्रका रूपमा विकास हुँदै गएको जानकारी दिइन् । काठमाडौँको फोहोर सिसडोलमा अटाउन छाडेपछि त्यसको विकल्प खोजिरहेको काठमाडौंँ महानगरपालिकाले यो प्रविधि प्रयोग गरी सजिलै मल उत्पादन गरी आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ ।
गोरखापत्रबाट

सम्बन्धित समाचारहरु