युनाईटेडको पुनरागमन जित , आर्सनलको बराबरी

युनाईटेडको पुनरागमन जित , आर्सनलको बराबरी


प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकाल्दा अर्को बलियो प्रत्यासी आर्सनल भने बराबरीमा रोकिएको छ। शनिबार युनाईटेडले घरेलु मैदानमा पुनरागमन सहितको जित निकाल्दा आर्सनल भने फुलहमसँग बराबरीमा रोकिएको हो।

ओल्डट्राफोर्डमा युनाईटेडले नोटिङ्हम फरेस्टमाथि ३-२ को पुनरागमन जित निकाल्यो। खेलको सुरुआतमै २-० ले पछि परेको अवस्थामा युनाईटेडले खेलमा शानदार पुनरागमन गर्न सफल रह्यो।ताइवो अवोनियी र विली बालीले दोस्रो र चौथों मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अप्रत्यासीत अग्रता दिलाएका थिए।

इरिक्सेनले १७ औं मिनेट र कास्मिरोले ५२ औँ मिनेटमा गोल गर्दै युनाईटेडलाई खेलमा फर्काएका थिए। दोस्रो गोलमा पास उपलब्ध गराएको ब्रुनो फर्नान्डेजले ७६ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको युनाईटेडलाई शानदार जित दिलाए।

अर्को खेलमा आर्सनलले घरेलु मैदानमा फुलहमसँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्यो। खेल सकिन तीन मिनेट अघि जोआओ पालिन्हाले कर्नरमार्फत गोल गर्दै पाहुना टोली फुलहमलाई अंक दिलाउन सफल रहे।

चार मिनेट अघि काल्विन बस्सी रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित बनेको फुलहमलाई पालिन्हाले महत्वपुर्ण एक अंक दिलाउन सफल रहे। खेलको पहिलो मिनेटमै एड्रियस परेराको गोलमा फुलहमले खेलमा अग्रता लिन सफल भएको थियो।

बुकायो साकाले ७० औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए। त्यसको दुई मिनेटमा निकेतिहाले गोल गर्दै आर्सनललाई खेलमा २-१ को अग्रता दिलाउन सफल भएका थिए।

प्रिमियर लिगको सुरुआती दुई खेलमा जित निकालेको आर्सनल तेस्रो खेलमा बराबरीमा रोकिएको छ। उसले ३ खेलबाट ७ अंक जोडेको छ। फुलहमले समान खेलबाट ४ अंक जोडेको छ।

अन्य खेलमा वेस्ट ह्यामले ब्राइटनलाई ३-१ ले स्तब्ध बनाउँदा उल्भ्सले एभर्टनलाई १-० ले हरायो। अर्को खेलमा ब्रेन्टफर्ड र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे।

Skip This
Logo