अमेरिकाको हतियार सहयोग लिएपछि ताइवानी सिमानामा चीनका युद्धपोत

अमेरिकाको हतियार सहयोग लिएपछि ताइवानी सिमानामा चीनका युद्धपोत


ताइवान सिमा नजिकको टापुमा चीनले दर्जनौँ लडाकु विमान र युद्धपोत पठाएको जनाएको छ। अमेरिकाले ताइवानलाई ५० करोड डलरको हतियार बिक्री गर्न स्वीकृत गरेको केही दिनमा नै चीनले लडाकु विमान र युद्धतोप पठाएको हो। 

ताइवानको रक्षा मन्त्रालयले शनिबार उक्त टापुमा पछिल्लो २४ घण्टाको अवधिमा ३२ वटा पीएलए विमान र नौ नौसेनाका जहाजहरु देखिएका बताएको छ।

ताइवानको सेनाका अनुसार जसमध्ये २० विमानहरू ताइवान स्ट्रेटको केन्द्र रेखा पार गरेर ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका थिए।ताइवानले पनि जवाफमा आफ्ना विमानहरू,जहाजहरू र मिसाइलहरू तैनाथ गरेको उसले जनाएको छ।

Logo