माओवादी केन्द्रले टुंग्यायो संसदीय समितिका सभापतिको उमेदवार

माओवादी केन्द्रले टुंग्यायो संसदीय समितिका सभापतिको उमेदवार


सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार माओवादीले पाएको पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति उम्मेदवारको टुंगो लागेको हो । पूर्वाधार विकास समिति सभापतिमा माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदी उम्मेदवार बनेका छन् । 

सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् भने सुवेदी समानुपातिक सांसद हुन् । 

Logo