कलाकार सानु ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि

कलाकार सानु ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि


शनिबार निधन भएका कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो।

ताम्राकारको पार्थिव शरीरलाई कलाकार,आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिए। कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो।

७४ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएका ताम्राकार २८ दिनदेखि उपचाररत थिए। गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनी पुत्र वियोगमा बिरामी परेका थिए। 

Skip This
Logo