गण्डकी प्रदेशमा ३२ नयाँ संक्रमित थपिए, कूल संख्या १,०६३ पुग्यो

गण्डकी प्रदेशमा ३२ नयाँ संक्रमित थपिए, कूल संख्या १,०६३ पुग्यो


पर्वत ।
गण्डकी प्रदेशमा आज ३२ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

आज देखिएका मध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) का मात्र १९ जना संक्रमित छन् । त्यस्तै तनहुँमा नौ जना, पर्वतमा तीन र बागलुङमा एकजनामा संक्रमित देखिएका हुन् ।

आज थपिएका संक्रमितसहित अब प्रदेशमा कूल एक हजार ६३ जनामा कोरोना पुष्‍टि भएको छ। यहाँ २ जनाको मृत्यु पनि भएको छ ।

Logo