आजदेखी भैरहवाबाट हङकङ र नयाँ दिल्ली उडान सुरु

आजदेखी भैरहवाबाट हङकङ र नयाँ दिल्ली उडान सुरु


नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलवाट काठमाडौँलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो। 

मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ। निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको संख्या थप्दै लगिनेछ। उनका अनुसार भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ।

त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्नेछन्। जसका लागि एनएसीले गत भदौ १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो।

Logo