#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व680592139679730987143310410
नेपाल2912112568333

पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं ।
नेपाल पत्रकार महासङ्घले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासङ्घमा शिवाकोटीले जानकारी गराउनु भएकाले सुरक्षा व्यवस्था मिलाउन माग गरेको बताए ।

उनले पत्रकार शिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गर्नुभएको जानकारी दिए । शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासङ्घलाई जानकारी गराएका महासचिव विष्टले बताए ।

उनले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासङ्घले भत्र्सना गरेको बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार